किन, कहिले र कसरी गर्ने योग अभ्यास ?

योग अभ्यासले शरीर, मन र भावनालाई सन्तुलित राख्ने काम गर्छ । शारीरिक एवं मानसिक उपचारमा योग शक्तिशाली एवं प्रभावकारी बिकल्प हो । यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ । योग सिलसिलाबद्ध ढंगले विधी, नियमका साथ उपर्युक्त समयमा गर्नुपर्छ ।

योगका लागी सूर्योदयअघिको एक वा दुई घण्टा सबैभन्दा राम्रो हुन्छ । सूर्योस्तको समयमा गरिएको योग्लाई पनि उत्तम मानिन्छ। योग गर्नुअघि मनलाई शान्त राखेर सम्पूर्ण ध्यान योगमा केन्द्रित गर्नुपर्छ । योगअभ्यास धैर्यतापूर्वक विस्तारै बिस्तारै अभ्यास गर्नुपर्छ । शरीर लचिलो छैन भने जबरजस्तै कुनैपनि आसन गर्नु हुँदैन ।योग अभ्यास गर्दा सास लयबद्ध हुनुपर्छ । शरीरलाई व्यायाम र पौष्टिक आहारका साथै आरमको पनि जरुरी हुन्छ त्यसैले योगसँगै खानपानमा संयम अपनाउनुपर्छ र पुरा निन्द्रा लिनुपर्छ ।

स्नान गरेर योग गर्दा  सर्बोत्तम हुन्छ । कुनै गुरुको निर्देशन एवं परामर्शमा मात्रै योग अभ्यास सुरु गर्नु पर्छ । योग खाली पेटमा गरौं र योग गर्नु २ घण्टाअघि केहि नखाउं । योग गर्नुअघि नराम्रो बिचार त्याग्नुपर्छ र तन मन पनि स्वच्छ हुनुपर्छ । योग आरमदायक सुती कपडा लगाएर शान्त वातावरण र सफा स्थानमा गर्नुपर्छ । योग गरिसकेको ३० मिनेटसम्म केहि खान हुँदैन । योगअभ्यासको अन्त्यमा शवासन गर्नैपर्छ ।

 

 

Rise Nepal Rise

Rise Nepal Rise

Rise Nepal Rise is an online magazine based in Kathmandu Nepal.

Blog Posts

सौन्दर्य बढाउन कस्तो योगासन ?

योगका यस्ता थुप्रै आसन छन् जसले अनुहारको चमक बढाउन सहयोग गर्छ । थुप्रै प्राकृतिक तौरतरिका छन् जसले अनुहार, छाला, केशको सौन्दर्य कायम राख्न सकिन्छ ।

किन, कहिले र कसरी गर्ने योग अभ्यास ?

योग अभ्यासले शरीर, मन र भावनालाई सन्तुलित राख्ने काम गर्छ । शारीरिक एवं मानसिक उपचारमा योग शक्तिशाली एवं प्रभावकारी बिकल्प हो । यसले सद्भाव र

CENSORSHIP ON THE INTERNET

A 43-year-old man from Boston was having a steamy cyber affair with who he thought to be a 23-year-old woman. He later found out the

Computer Engineers

Choosing a career is very important in a person life.  One needs to think about the things that interest them and what kind of lifestyle