छलफल गरेर मात्र परीक्षा तालिका निकाल्न त्रिविलाई आग्रह

नेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका सार्वजनिक गरेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीसँगको छलफल गरेर मात्र पढाइ र परीक्षाको कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

‘‘बन्दाबन्दीको बेला आआफ्नो घर गएका टाढाटाढासम्मका विद्यार्थीको आफ्नो शिक्षण संस्थामा फर्कने समय र परीक्षाको न्युनतम तयारीको समयलाई पटक्कै ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवहारिक र असान्दर्भिक रहेको प्रष्ट छ’’, उनले भनेका छन्, ‘‘लकडाउनले सिर्जना गरेका अनेक समस्याले तनावग्रस्त भएका विद्यार्थीलाई यसले थप मानसिक तनाब दिएको छ । परीक्षा र पठनपाठन छिटो गर्ने नाममा न्यूनतम व्यावहारिक पक्षलाई हेक्का नराखी गरिएको अव्यावहारिक निर्णय तत्काल स्थगत गर्न आग्रह गर्दछौँ ।’’

उनले विद्यार्थीको कोभिड–१९ को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गर्न माग गरेका छन् ।

Rise Nepal Rise

Rise Nepal Rise

Rise Nepal Rise is an online magazine based in Kathmandu Nepal.

Blog Posts

सौन्दर्य बढाउन कस्तो योगासन ?

योगका यस्ता थुप्रै आसन छन् जसले अनुहारको चमक बढाउन सहयोग गर्छ । थुप्रै प्राकृतिक तौरतरिका छन् जसले अनुहार, छाला, केशको सौन्दर्य कायम राख्न सकिन्छ ।

किन, कहिले र कसरी गर्ने योग अभ्यास ?

योग अभ्यासले शरीर, मन र भावनालाई सन्तुलित राख्ने काम गर्छ । शारीरिक एवं मानसिक उपचारमा योग शक्तिशाली एवं प्रभावकारी बिकल्प हो । यसले सद्भाव र

CENSORSHIP ON THE INTERNET

A 43-year-old man from Boston was having a steamy cyber affair with who he thought to be a 23-year-old woman. He later found out the

Computer Engineers

Choosing a career is very important in a person life.  One needs to think about the things that interest them and what kind of lifestyle