एजेन्सी । सिरी एअन्तर्गत गएराति भएको खेलमा काग्लिएरीलाई पराजित गर्दै लाजियोले शीर्ष चारमा स्थान पक्का गर्दै च्याम्पियन्स लिगका स्थान बनाएको छ। खेलमा एक गोलले पछि परेको लाजियोले पुनरागमन गर्दै काग्लिएरीलाई २-१ ले पराजित गरेको हो ।
जितपछि लाजियोले ३५ खेलबाट ७२ अंक जोडेको छ र चौथो स्थानमा छ । काग्लिएरी ४२ अंकसहित १३औं स्थानमा छ ।