योगका यस्ता थुप्रै आसन छन् जसले अनुहारको चमक बढाउन सहयोग गर्छ । थुप्रै प्राकृतिक तौरतरिका छन् जसले अनुहार, छाला, केशको सौन्दर्य कायम राख्न सकिन्छ । अनुहारको कृत्रिम लेपनले सौन्दर्य वृद्धि गरेको भन्दा योग आसन गरेर प्राकृतिक सौन्दर्य कायम राखेको उत्तम हुन्छ ।
योगासन जस्तै सूर्य नमस्कार, कपालभाती, प्राणायाम,धनुरासन आदि गरेर प्राकृतिक सौन्दर्य बढाउन सकिन्छ । यी योग आसनले छाला र केसलाई स्वस्थ र चम्किलो बनाउन सहयोग गर्छन् । भुजंगासन, हलासन, मत्यासन, सर्वांगासन, शिशुआसन, शीतकारी प्राणायाम प्रतिदिन १० मिनेट मात्र प्राणायाम गर्दा पनि अनुहार एवं छालालाई राम्रो प्रभाव पर्छ । प्राणायामले शरीरको कार्बन डाइअक्साइड हटाएर रगतलाई शुद्ध गर्न मद्दत गर्छ जसले गर्दा अनुहारको सुन्दरता कायम राख्न सकिन्छ ।
यी योग आसनले छालालाई लचिलो र चम्किलो बनाउँछ, अनुहारको छालामा चमक आउँछ साथसाथै अनुहारमा हुने दागधब्बा हटाउँछ । योगासन गर्दा मांसपेशी बलियो एवं लचिलो हुन्छ, रक्त प्रवाह राम्ररी हुन्छ, शरीरमा अक्सिजनको आपूर्ति बढ्छ । नतिजा, अनुहारको सौन्दर्य बढाउन सहयोग गर्छ ।